Logo
Logo

रवीन्द्र मिश्रको चाहना : राप्रपासँग एकता, एमालेसँग तालमेल


1.1k
Shares

काठमाडौँ । विवेकशील साझा पार्टी अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले चुनावअगाडि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकता गर्ने तयारीमा छन् ।

२०७४ सालको निर्वाचनमा काठमाडौं-१ बाट कांग्रेस नेता प्रकाशमान सिंहसंग झिनो मतान्तरले पराजित भएका मिश्र यस पटक पनि सोहि क्षेत्रबाटै उठ्ने तयारीमा छन्।

तर उनी नेकपा एमालेसँग चुनावी तालमेलको प्रयास गरेका छन् । मिश्रले केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत भेटेका थिए । स्रोतका अनुसार उक्त भेटमा ओलीलाई निर्वाचनमा आफूलाई समर्थन गर्ने आग्रह गरेका थिए ।

स्रोतका अनुसार काठमाडौं १ मा मिश्रलाई एमालेले सघाउने सम्भावना छ ।

मिश्र राप्रपासँग एकता या प्रवेश भएको खण्डमा हलो चिह्नबाट चुनाव लड्ने तयारीमा छन् । वैकल्पिक राजनीतिको विमर्श चलाइरहेका मिश्र हिजोआज संवैधानिक राजसंस्था, हिन्दु-बौद्ध राज्यलगायत माग राखेर मार्ग परिवर्तनको बाटोमा लागेका छन् ।

विवेकशील साझाको केन्द्रीय समिति र पार्टी पंक्तिमा राप्रपासँग एकता हुनुपर्छ भन्ने ठूलो जमात रहेको बुझाइ उनको छ । राप्रपासँग एकता नभएर मिश्र विवेकशील साझा पार्टीबाटै चुनावमा उठ्ने तयारीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्