Logo
Logo

उम्मेदवार बन्न स्वर्णिम वाग्लेको आवेदन


1.3k
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं अर्थशास्त्री स्वर्णिम वाग्लेले चितवन क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट उम्मेदवार बन्न आवेदन दिएका छन् ।

कांग्रेस क्षेत्रीय कार्यसमितिले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि आकांक्षीहरूबाट उम्मेदवार बन्न आवेदन माग गरेको थियो । वाग्लेले क्षेत्रीय कार्यसमितिमा उम्मेदवार बन्नका लागि आवेदन दिएका हुन् ।

वाग्ले यूएनडीपीको एसिया प्रशान्त क्षेत्रको आर्थिक सल्लाहकार थिए । हालै नेपाल आएका उनले आगामी निर्वाचनमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने चाह देखाएका हुन् ।

उनी कांग्रेसको पूर्वमहासमिति सदस्य हुन् । उनलाई १३ औँ महाधिवशेनपछि ०७५ सालमा सभापति शेरबहादुर देउवाले महासमिति सदस्यमा मनोनीत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्