काठमाडौं । काठमाडौँ उपत्यकामा विद्यार्थी सुरक्षा लक्षित जाँच अभियानका क्रममा दुई सय ४८ चालक कारबाहीमा परेका छन् ।
उपत्यकाका विभिन्न ठाउँमा आज गरिएको सवारी साधन जाँच कागजपत्र साथमा नभएका सात विद्यार्थी र ट्राफिक नियम उल्लङ्घन गर्ने दुई सय ४१ जना चालक कारबाहीमा परेका हुन् ।
तीमध्ये मदिरा सेवन गरी सवारी साधन चलाउने तीन चालकसमेत छन् । नयाँबसपार्क क्षेत्रबाट बा३ख १००३ नम्बरको बस चालक, बा१ज ८१८१ नम्बरको माइक्रो बसका चालक र दरबारमार्ग क्षेत्रबाट बा४ख ८०५९ नम्बरको ट्रक चालकलाई मापसे गरी सवारी साधन चलाएको कसुरमा ट्राफिक प्रहरीले कारबाही गरेको हो ।
पछिल्लो केही समयदेखि ट्राफिक प्रहरीले विद्यार्थी लक्षित सवारी साधन जाँच अभियान चलाउँदै आएको छ भने नियम उल्लङ्घनविरुद्धको कारबाही पनि अभियानकै रूपमा अघि बढाएको छ ।