काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाभियोग सिफारिस समितिमा बयान दिन सिंहदरबार पुगेका छन् ।
अदालतमा भ्रष्टाचारलाई संरक्षित गरेको, मन्त्रिपरिषदमा भागबण्डा खोजेको जस्ता आरोप लगाउँदै सत्ता गठबन्धनले जबराविरुद्ध फागुन १ गते महाभियोग प्रस्ताव दर्ता गरेका थिए। त्यसपछि उनी निलम्बित भएका थिए।
सिंहदरबारमा आज बिहान ११ बस्ने बस्ने समितिको बैठकमा बयान दिन उनी उपस्थित भएका हुन् । प्रधानन्यायाधीश जबरालाई भदौ ७ गते बसेको समितिको बैठकले बयानका लागि बोएको थियो।
उनीमाथि लागेका आरोप सम्बन्धमा समितिले स्पष्टीकरणको अवसर दिनेछ। साथै नेपाल बारले बुझाएको ३५ बुँदे प्रमाण सम्बन्धमा समिति सदस्यहरूले उनीसँग बयान लिनेछन्।