Logo
Logo

सुनको भाउ ८ सय रुपैयाँले घट्यो


819
Shares

काठमाडौं। नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज पहेँलो धातु सुनको भाउ ८ सय रुपैँयाले सस्तिएको हो ।

मंगलबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार भने ८ सयले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बुधबार १५ रुपैयाँले घटेर १ हजार १ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्