Logo
Logo

जबराले भने- महाअभियोगको औचित्य सकियो, संसदको सम्मानका लागि मात्रै आएको हुँ


14.9k
Shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध सत्तारुढ दलले लगाएको महाअभियोग निष्क्रिय भइसकेको बताएका छन् ।

प्रतिनिधिसभाद्वारा गठित महाअभियोग सिफारिस समितिलाई बुधबार सिंहदबारमा बयान दिने क्रममा उनले संसदको सम्मानका लागि मात्रै आफू उपस्थित भएको बताएका हुन् । महाअभियोग संविधानतः स्वतः निष्क्रिय भइसकेकाले अब त्यसको औचित्य पनि नरहेको उनको तर्क थियो ।

दीपक कार्कीलाई हतारमा प्रधानन्यायाधीश बनाउनकै लागि आफूलाई जबरजस्ती हटाउन खोजिएको पनि जबराले बताएका छन् । समितिले अहिले उनकाे बयान लिइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्