Logo
Logo

न्यायाधीश हरिकृष्णमाथि खनिए चोलेन्द्र


43.1k
Shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा न्यायाधीश हरिकृष्ण कार्कीमाथि खनिएका छन् ।

महाभियोग सिफारिस समितिमा बयान दिने क्रममा न्यायाधी कार्कीले आफ्नो स्वार्थ मिलेको मुद्दा हेर्ने गरेको बयान दिए । जबराले आफूलाई राजनीतिक स्वार्थका आधारमा महाभियोग लगाइएको बताए ।

उनले न्यायाधीश कार्कीले हरेकजसो मुद्दा बहाना बनाएर नहेर्ने गरेको गर तर आफ्नो स्वार्थ मिलेको मुद्दा भने नछोड्ने गरेको बताए । उनले भने, ‘हरिकृष्ण कार्की हरेक मुद्दा हेर्न पन्छिनु हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीजीको महान्यायाधीवक्ता भएको भन्नुहुन्छ । तर, आफ्नो स्वार्थ मिलेको मुद्दा हेर्नुहुन्छ ।’

त्यस्तै, हाल कायममुकायम प्रधानन्यायाधीश दीपक कार्कीलाई महत्वाकांक्षा जागेकाले आफूविरुद्ध लागेको जबराको बयान छ । उनलाई प्रधानन्यायाधीश बनाउने भन्ने कुरा आएपछि सर्वोच्चमा गुटबन्दी भएको जबराको भनाइ छ ।

त्यसरी गुटबन्दी गर्दा न्यायाधीश नै आन्दोलनमा उत्रिएका र उनीहरूलाई पनि कानुन लाग्नुपर्ने जबराको जिकिर थियो । बारले आफूलाई राजीनामा गर्नका लागि मान्छे पठाएको पनि जबराको भनाइ छ । साथै उनले राजीनामा दिएर जान भनेर बार्गेनिङ भएको पनि आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्