काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बार एसोसिएसनका तत्कालीन पदाधिकारीले आफूसँग न्यायाधीश पद मागेको दाबी गरेका छन् ।
बुधबार संसद सचिवालयमा महाभियोग सुनुवाइ समिति समक्ष बयानका क्रममा जबराले सो पद नदिँदा आफूविरुद्ध आन्दोलन भएको बताएका छन् । उनले तत्कालीन नेपाल बार एसोसिएसनकाअध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लिलामणि पौडेलले उच्च अदालतको मुख्य न्यायाधीश पद मागेको आरोप लगाए ।
जबराले उनीहरू आफ्नो चेम्बरमा आएर पदको बार्गेनिङ गरेको तर आफू त्यसमा असमत हुँदा आन्दोलन चर्काएको बताए । स्वार्थ समूहको कुरा नमान्दा आफूमाथि प्रहार भएको उनले दावी गरे ।
त्यस्तै, वरिष्ठ अधिवक्ता शम्भु थापाले अदालतलाई अस्थिर बनाउन भूमिका खेलेको समेत उनले आरोप लगाए ।