Logo
Logo

६ तलामाथिबाट खस्दा दुई बालबालिकाको मृत्यु


3.5k
Shares

काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित एक घरको ६ तलामाथिबाट खस्दा दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार अन्दाजी १३ वर्षका अनिकेत रोय र १४ वर्षका कृतिका जैसवालको मृत्यु भएको हो ।

प्रहरीका अनुसार घरबाट तल खसिरहेको अवस्थामा देखेपछि उनीहरुलाई तत्काल उपचारका लागि सिभिल अस्पताल लगिएको थियो । तर उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले छतबाट हामफालेको हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्