Logo
Logo

सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै


693
Shares

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि गठित कार्यदल बैठक आज पनि बस्ने भएको छ। बुधबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि सहमतिको प्रयासका लागि आज पुनः बैठक बस्न लागेको हो।

बुधबार साँझ बालुवाटारमा बसेको बैठक कुनै ठोस निर्णय नगरी सकिएको थियो। राष्ट्रिय जनमोर्चाका हिमाल पुरीका अनुसार नेताहरूले आआफ्नो दाबी नछाडेपछि कार्यदलको बैठक पटकपटक निष्कर्षविहीन बन्दै आएको छ।

नेपाली कांग्रेसले सय सिटमा दाबी गरिरहेको छ। माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्