Logo
Logo

लमजुङमा भरुवा बन्दुकसहित युवक पक्राउ


504
Shares

मजुङ । प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

क्व्होँलासोथर गाउँपालिका–८ घाम्राङका २७ वर्षिय यमबहादुर राना मगरलाई प्रहरीले दुई थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो । लमजुङका डिएसपी प्रकाश श्रीमलका अनुसार अबैध भरुवा बन्दुक लुकाई छिपाई राखेको तथा स्थानीय मानिसलाई धम्की दिने गरेको भन्ने विषेश सुचनाको आधारमा पक्राउ गरिएको हो ।

उनको साथबाट १ थान लोड गरेको र १ थान अनलोड गरेको अवस्थामा २ थान भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

संघ तथा प्रदेश निर्वाचन नजिकिएसँगै प्रहरीले अबैध रुपमा राखिएका हातहतियारबाट हुन सक्ने घटनालाई रोक्न सक्रियता बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्