काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको दोस्रो दिनको बयान जारी छ ।
जबरासँग प्रतिनिधिसभा अन्तर्गत् महाअभियोग सिफारिस समितिले बयान लिइरहेको छ । समितिले बुधबारबाट जबरासँग बयान लिन सुरु गरेको हो ।
समितिले जबराससँग पहिलो दिन ४ वटा प्रश्न मात्र सोधेको थियो । महाभियोगबारे छानविन गर्न ११ सदस्यीय समिति गठन भएको छ ।