Logo
Logo

जाडो मौसममा कोरोना संक्रमण दर बढ्न सक्छ-डब्लुएचओ


756
Shares

जेनेभा । विश्व स्वास्थ्य सङ्गठनले जाडो मौसम आएसँगै कोभिड–१९ का संक्रमितको दर बढ्न सक्ने बताएको छ ।

हालका लागि कारोना संक्रमण घटेको देखिएपनि जाडो सूरु भएसंगै संक्रमित अस्पताल भर्ना हुने र कोरोना बाट मृत्यु हुने दर थप बढ्न सक्ने जनाएको छ ।

हालैका केही दिनमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या घट्दै गएको पाइएको भन्दै तर जाडो मौसममा भने यस्तो अवस्था नरहन सक्ने र कोभिडका सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने डब्लुएचओले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस आधनम ग्याब्रेसियसले बुधबार जेनेभामा पत्रकारसँगको कुराकानीका क्रममा सो कुरा बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्