Logo
Logo

एकीकृत समाजवादी जुम्लाको अध्यक्षमा आदिप्रसाद न्यौपाने


1.3k
Shares

जुम्ला । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी जुम्लाको अध्यक्षमा आदिप्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन् ।
जिल्ला कमिटी पुनर्गठनका लागि भएको विशेष भेलाले न्यौपानेलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि उनी पार्टी सचिवको जिम्मेवारीमा रहेका थिए ।

यस्तै, कमिटीको उपाध्यक्षमा रतनबहादुर रोकाया र पदमबहादुर बुढा चयन भएका छन् । यस्तै, सचिव शंखबहादुर रोकाया, उपसचिव टेकप्रसाद धिताल र मैना शाहीलाई जिम्मेवारी दिइएको एकीकृत समाजवादी जुम्लाले जनाएको छ ।

नयाँ पदाधिकारीहरुलाई एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटी उपाध्यक्ष एवं जुम्ला जिल्ला इन्चार्ज देवीलाल थापाले सपथग्रहण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्