Logo
Logo

चीनले मानवताविरुद्धको अपराध गरेको राष्ट्रसंघको दाबी


35.1k
Shares

एजेन्सी । चीनको शिन्जियाङ क्षेत्रमा मानवताविरुद्धको अपराध गरेको हुनसक्ने संयुक्त राष्ट्रसंघको प्रतिवेदनले दबी गरेको छ ।

प्रतिवेदनमा उइगर मुस्लिम समुदायविरुद्ध त्यहाँका बन्दी शिविरमा यातना तथा यौन दुव्र्यवहार गरिएका विवरण तथ्यपरक भएको उल्लेख छ ।

राष्ट्रसंघले बन्दी शिविरमा रहेका सबैलाई रिहा गरेर अन्तर्राष्ट्रिय कानुनको पालना गर्न समेत आग्रह गरेको छ । चीनको महिनौँ लामो दबाव र मिशेल ब्याचलेटको राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यकाल सकिनु केही मिनेट अगाडि यो प्रतिवेदन सार्वजनिक गरिएको बीबीसीले जनाएको छ ।

चीनले भने १० लाखभन्दा धेरै उइगर तथा अन्य अल्पसंख्यक समुदायका सदस्यलाई बन्दी बनाइएको आरोप अस्वीकार गर्दै आएको छ ।

तर प्रतिवेदनमा बन्दीलाई शृंखलाबद्ध दुव्र्यवहार गरिएको, यौन तथा लैङ्गिक हिंसाका घटना भएकाे उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्