Logo
Logo

‘प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य’


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सामान्य देखिएको छ । सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटल (एनयुएच)मा परीक्षणपछिको रिर्पोटमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य देखिएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालका अनुसार सोमबार ओलीको मिर्गौला, रगत आदि परीक्षण गरिएको छ । तर, स्वास्थ्य परीक्षणको विस्तृत रिपोर्ट आइनसकेको उनले बताए । प्रधानमन्त्री ओलीसँगै रहेका मुख्य सल्लाहकार विष्णु रिमाल र जनसम्पर्क सल्लाहकार अच्युत मैनालीले प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको जानकारी सचिवालयका सदस्यलाई गराएको नयाँ पत्रिका दैनिकमा समाचार छ  ।
प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणको सिलसिलामा गत १८ गते सिंगापुर प्रस्थान गरेका थिए । एनयुएच मिर्गौला प्रत्यारोपणमा विश्वकै अब्बलमध्येको एक मानिन्छ ।
प्रधानमन्त्रीसँगै श्रीमती राधिका शाक्य, मुख्य सल्लाहकार रिमाल, जनसम्पर्क सल्लाहकार मैनाली, स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक डा. दिव्या सिंह र सुरक्षाकर्मीसहित नौ सदस्यीय टोली सिंगापुरमै छ । प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्