Logo
Logo

महाभियोग सिफारिस समितिमाथि नै चोलेन्द्रको प्रश्न


11.2k
Shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग सिफारिस समितिमाथि नै प्रश्न उठाएका छन् । बिहीबारको बैठकमा महाभियोग प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरु नै सिफारिस समितिमा रहेको भन्दै प्रश्न उठाएका थिए ।

बिहीबार बसेको बैठकमा जबरालाई भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको र भ्रष्टाचार केन्द्रित भएर न्याय सम्पादन गरेको आरोपबारे सोधिएको थियो । जबराले आज पनि संविधान र नियमावलीमाथि प्रश्न उठाएका थिए ।

समितिका सदस्य मीन विश्वकर्माले भने, ‘उहाँ (चोलेन्द्र)ले हामीमाथि नै प्रश्न गर्नुभयो । सही गर्ने सांसद नै महाभियोग समितिमा रहेको भन्ने प्रश्न उहाँको थियो ।’

समितिमाथि नै प्रश्न उठाएपछि सांसदहरुले राणालाई विषयमा प्रवेश गर्न भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्