Logo
Logo

पशुपति विकास कोषका श्रमिकलाई पुनर्वहाली गर्न निर्देशन


1.8k
Shares

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले कानुन विपरीत निकालेका श्रमिकलाई पुनर्वहाली गर्न श्रम तथा रोजगार कार्यालय टेकूले निर्देशन दिएको छ ।

पछिल्लोपटक विकास कोषले १८ जना श्रमिकलाई हटाएको थियो । उनीहरुलाई विकास कोषले हाजिर गर्न नएिपछि विनोद सिग्देलको नेतृत्वमा श्रम कार्यालयमा मुद्दा दायर गरेको थियो । श्रम कार्यालयले श्रमिकहरुको पक्षमा फैसला गरेको हो ।

श्रम कार्यालयको अनुसार ती कर्मचारीले २०७७ माघदेखि हालसम्मको तलब समेत पाउने भएका छन् ।

कोषअन्तर्गत कार्यरत ६४ जना कर्मचारीको ०७७ पुस मसान्तमा करार अवधि सकिएको थियो । तर, सोही वर्षको माघ १४ गते कोषले सबै कर्मचारीलाई अर्को निर्णय नभएसम्ममा लागि यथावत राख्ने निर्णय गरेको थियो ।

निर्णय अनुसार ४८ जनालाई हाजिरी हुन दिए पनि बाँकी १८ जनालाई भने यसमा रोक लगाइएको थियो । यसको विरोधमा हाजिरी हुन नपाएका ९ कर्मचारीले विभागमा उजुरी हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्