दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका-५ खानीगाउँमा निमार्णाधीन सासा हाईड्रोको विद्युत् गृह जाने क्रममा माथिबाट खसेको ढुंगा लागेर १ जनाको मृत्यु भएको छ ।
अर्का १ जना घाइते भएका छन् । शुक्रबार बिहान २ बजेतिर मेसिनमा चढेर सुरुङभित्र प्रवेश गर्ने क्रममा ढुंगाले लाग्दा सोलुखुम्बु लिखुपिके–५ का पेम्बाछिरिङ शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै ढुंगा लागेर सोलुखुम्बु खुम्बुपासाङ-१ का २० वर्षीय फुर्वा ग्याल्जेन शेर्पा घाइते भएका छन् । सासा हाईड्रोमा कार्यरत उनीहरुलाई मेसिन चढेर सुरुङमा प्रवेश गर्नेे क्रममा ढुंगाले लागेको हो ।