Logo
Logo

गोरखा-१ मा प्रचण्ड सिफारिस, उनी भन्छन्- म चितवन-३ बाटै लड्छु


1.4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र गोरखाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभातर्फ उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

तर, यता प्रचण्डले भने चितवन–३ बाट चुनाव लड्ने बताउँदै आएका छन् । शुक्रबार मात्रै पनि अधयक्ष प्रचण्डले आफू चितवन–३ मै उठ्ने बताएका छन् । शुक्रबार बिहान सर्खेत उनले पत्रकारहरुसँग भने, ‘म चितवन–३ बाटै चुनाव लड्ने छु ।

तर, यसैबेला माओवादी केन्द्र गोरखाले अध्यक्ष प्रचण्डसहित हरिराज अधिकारी र सुशीला सिंखडाको नाम उम्मेदवारमा सिफारिस गरेको छ । हरिराज २०७४ को चुनावमा गोरखा १ बाट निर्वाचित भएका थिए ।

यस्तै, गोरखाको क्षेत्र नम्बर २ बाट भने नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, चुडामणि खड्का र लेखनाथ न्यौपाने उम्मेदवार सिफारिस भएका छन् । २०७४ को चुनावमा वाम गठबन्धनबाट नारायणकाजी यो क्षेत्रमा उम्मेदवार थिए ।

माओवादी गोरखाका नेताहरूले भने बाबुराम गोरखा २ मा उठ्नभन्दा पनि सत्ता गठबन्धनलाई फाइदा पुग्ने गरी देशका अन्य क्षेत्रमा चुनाव उठ्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्