Logo
Logo

धरानमा अब अनलाइनबाटै नक्सा पास


1.1k
Shares

धरान । धरान उपमहानगरपालिकाले अनलाइनबाटै नक्सा पास गर्न सुरू गरेको छ ।

इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईभीपिएस) कार्यान्वयनमा ल्याएसँगै अनलाइनबाटै नक्सा पास सुरू गरिएको हो ।कागतजात बिहिन उपमहानगरको अवधारणा अनुसार यो सेवाको सुरुवात गरिएको उपमहानगरले जनाएको छ ।

ईभीपिएस सफ्टवेयर प्रयोग गरि सेवाग्राहीले आफ्नो निवेदन र इन्जिनियरले बनाएको घर नक्साको डिजाइन अनलाइनमार्फत नक्सा शाखामा पठाउन सक्नेछन् । यसपछि उपमहानगरले अनलाइनबाटै निवेदन स्वीकृत गर्नेछ ।

छिटो-छरितो सेवा प्रवाह र भवन निर्माण मापदण्डलाई थप प्रभावकारी बनाउन नक्सा पासलाई अनलाइन प्रणालीमा लगिएको उपमेयर अइन्द्र विक्रम बेघाले बताए ।

घरनक्सा दर्तादेखि सम्पन्न प्रमाणपत्र दिने जस्ता सम्पूर्ण काम अनलाइनबाटै हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्