Logo
Logo

फिल्म निर्माता रोज राणा कांग्रेस उम्मेदवारमा सिफारिस


3k
Shares


प्यूठान । चलचित्र निर्माता रोज राणा आसन्न निर्वाचनमा प्रदेशसभा उम्मेदवारका लागि सिफारिस भएका छन् । प्यूठानको प्रदेशसभा(ख)मा उनको नाम सिफारिस भएका हो ।


क्षेत्रीय समितिले उनीसहित मेनका घिमिरे र शाकिकराज पण्डितको नाम सिफारिस गरेको छ । राणा कांग्रेसको क्षेत्रीय सभापति हुन् ।


प्रतिनिधिसभातर्फ प्यूठानमा एक मात्र निर्वाचन क्षेत्र छ । यसअघि त्यहाँ राष्ट्रिय जनमोर्चाले जितेको थियो । सत्तारुढ गठबन्धनको दल भएकाले जनमोर्चाले नै यसपटक प्रतिनिधिसभाको सिट पाउने सम्भावना छ । यद्यपी नेता वामदेव गौतमले पनि प्यूठानबाटै चुनाव लड्ने इच्छा देखाएका छन् । दुई प्रदेशसभामध्ये ‘ख’ कांग्रेसले पाउने पक्का जस्तै छ । त्यहाँबाट पहिलो नम्बरमा सिफारिस भएका राणा पार्टी सभापति शेरबहादुर देउवाका निकटस्थ मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्