Logo
Logo

१० सहसचिवको सरुवा, काठमाडौं महानगरपालिकामा बसन्त, यातायातका डिजी हटाइए


224.8k
Shares


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० सहसचिवको सरुवा गरेको छ । सरुवाअनुसार मन्त्रालयमा कार्यरत बसन्त अधिकारीलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएको छ । त्यहाँ कार्यालय लोकनाथ पौडेलको मन्त्रालयमा सरुवा गरिएको छ ।


यातायात व्यवस्थापन विभागका महानिर्देशक सुरेश राउतलाई तीन महिनामै हटाइएको छ । उनको श्रम मन्त्रालयमा सरुवा भएको छ । विभागमा टोकराज पाण्डे जाने सम्भावना छ । उनको पर्यटनबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । सञ्चारका गोगनकुमार हमालको गृह मन्त्रालयमा सरुवा भएको छ । सिडिओमा पठाउनेगरी उनको सरुवा भएको बताइन्छ । काठमाडौं, ललितपुर लगायतका जिल्लाका सिडिआको सरुवाको तयारी भइरहेको छ । स्किम श्रेष्ठलाई संघीय मन्त्रालय, रोशनी श्रेष्ठलाई गृह म्न्त्रालय, शम्भु कार्कीलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्