Logo
Logo

काठमाडौं-४ बाट गगन थापा


1.1k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं-४ बाट पनि प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन् । महामन्त्री थापासँगै विनोदबाबु प्रधान पनि सिफारिस भएका छन् ।

Photo: Naresh Shrestha/ THT

त्यसै, यस क्षेत्रबाट समानुपातिक तर्फ अनार बस्नेत, कर्म छिरिङ शेर्पा, याङ्किला शेर्पा, रोहित पौडेल, राजु श्रेष्ठ र डा. आरती कार्की सिफारिस भएका छन् । प्रदेशसभातर्फ भने प्रत्यक्षमा क्षेत्र ‘क’ मा श्रीराम लामिछाने, प्रशन्नमान श्रेष्ठ, राधा घले, श्याम कुमार संगत, नरोत्तम बैद्य र सरिन घिमिरे सिफारिस भएका छन् भने क्षेत्र ‘ख’ मा न्हुच्छेनारायण श्रेष्ठ, अच्युतप्रसाद पौडेल, शंकर आचार्य र मनोज सिग्देल सिफारिस भएका छन् ।

एक नेताका अनुसार ‘क’ को समानुपातिकमा अनुप प्रधान, रमेश महर्जन, किरण श्रेष्ठ, असिम राणा, नर्वदा पोखरेल, दीपेन्द्र केशरी पण्डित, सारिका राई, गणेश सुनुवार, श्यामकुमार मल्ल, शुशीला नाइटा, प्रकाश गुरुङ, दिनेशकुमार माली, इन्दिरा भण्डारी, ध्रुवप्रसाद पौडेल, र सुदिपराज शर्मा सिफारिस भएका छन् ।

‘ख’ बाट समानुपातिकमा इन्द्रबहादुर थापा, साधुराम खड्का, आत्माराम पौडेल, भोला लामिछाने, रामकृष्ण केसी, शशीप्रसाद शर्मा, ध्रुव खड्का, वृहस्पति चालिसे, होमनाथ तिमिल्सिना, डिल्लीप्रसाद डोटेल, सन्तोष भण्डारी, मीना पराजुली, रीता बुढाथोकी, मनदेवी श्रेष्ठ, ललितादेवी गुरुङ, जाङ्बु शेर्पा, श्यामकृष्ण श्रेष्ठ, सानुकान्छा श्रेष्ठ, दिव्यमणि राजभण्डारी, रामलाल श्रेष्ठ, दिपक गुरुङ सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस्