Logo
Logo

कक्षा १२ को नतिजा सार्वजनिक गर्न बोर्ड बैठक बस्दै


1.6k
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गर्न बोर्ड बैठक बोलाइएको छ । शुक्रबार अपराह्न साढे ४ बजेका लागि बोर्डको बैठक बोलाईएको हो ।

सम्पूर्ण तयारी पूरा भएको र बोर्ड बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रक कृष्ण शर्माले बताए । यस पटक नन ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिँदैछ ।

त्यसका लागि सैद्धान्तिकतर्फको छुट्टै नम्बर र प्रयोगात्मकको छुट्टै नम्बर राखिनेछ । दुवैतर्फको नम्बर जोडेर विद्यार्थीलाई लेटर ग्रेटिङ सिस्टममा समावेश गरिने परीक्षा नियन्त्रक शर्माले बताए ।

नतिजा प्रकाशित भएपछि बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट नतिजा हेर्न सकिनेछ । त्यसका लागि बोर्डको आफ्नै वेबवाइट https://www.neb.gov.np/result मा गएर नतिजा हेर्न सकिने छ ।

नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np/ ​ मा गएर आफ्नो सिम्बल नम्बर र जन्ममिति राखेर नतिजा हेर्न सकिनेछ । त्यस्तै आईभीआर सिस्टम लेण्डलाइन र मोबाइलबाट १६०१ डायल गर्दै नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्