Logo
Logo

पत्रकारलाई १० लाख जरिवानासहितको मिडिया विधेयक संसदमा (पूर्णपाठसहित)


9.2k
Shares

काठमाडौं । सरकारले प्रेस काउन्सिललाई विस्थापन गर्न तथा मिडिया र पत्रकारहरूलाई जिम्मेवार, मर्यादित र जिम्मेवार बनाउन मिडिया काउन्सिल विधेयक अघि सारेको छ ।

विधेयकमा कुनै पनि सञ्चारमाध्यमले आचारसंहिता विपरीत समाचार प्रकाशित गरे २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्ने व्यवस्था छ ।

विधेयकमा भनिएको छ, ‘काउन्सिलबाट जारी भएको आचारसंहिता विपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेका कारण मर्यादा वा प्रतिष्ठामा आँच पुर्‍याएको भनी सम्बन्धित व्यक्तिले दफा १६ बमोजिम दिएको उजुरी उपर दफा १७ अनुसार जाँचबुझ गर्दा कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुगेको देखिएमा काउन्सिलले सम्बन्धित आम सञ्चारमाध्यम, प्रकाशक,पत्रकार वा सम्वाददातालाई २५ हजारदेखि दश लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।’

उक्त विधेयकमाथि शुक्रबारबाट प्रतिनिधि सभामा छलफल सुरु भएको छ ।

यस्तो छ विधेयकको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्