Logo
Logo

नागरिकता विधेयक जस्ताको तस्तै पठाउनु राष्ट्रपतिको अपमान : वामदेव


2.2k
Shares

काठमाडौं । वामदेव गौतमले नागरिकता विधेयक जस्ताको तस्तै राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउनु राष्ट्रपतिको अपमान हुने बताएका छन् ।

आज बसेको राष्ट्रियसभा बैठकमा बोल्दै गौतमले राष्ट्रपति विद्यादेवी भण्डारीले बुँदागत रुपमा उठाएका विषयलाई सम्बोधन गरेरमात्र विधेयक अघि बढाउनुपर्ने बताए ।

प्रतिनिधिसभाले राष्ट्रपतिबाट फिर्ता भएको विधेयकलाई जस्ताको तस्तै पारित गरेर राष्ट्रपतिको अपमान गरेको समेत उनले बताए । राष्ट्रियसभाले विधेयकलाई विधायन समितिमा पठाउँदा आफू खुसी भएको गौतमले बताए ।

गौतमले अघि भने, ‘विधायन समितिमा विधेयक गयो, राष्ट्रपतिले सन्देशमा उठाएका हरेक बुँदाको जवाफ समितिले दिने अपेक्षा गरेको थिएँ । ती सन्देश नसुनी, विश्लेषण नगरी पठाउन खोजिएको छ । विधायन समितिले हरेक बुँदाका बारेमा धारणा बनाउन सक्दैनथ्यो ?’

प्रतिक्रिया दिनुहोस्