Logo
Logo

उदयपुरमा एकै परिवारका ३ जनाको हत्या


6.3k
Shares

उदयपुर । उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं. ७ गौधाटार मैनामैनीमा एक जनाले शुक्रबार एकै परिवारका तीन जनालाइ धारिलो हतियार प्रयोग गरि हत्या गरेका छन ।

घरबाट खेती तर्फ जाँदै गरेका स्थानिय ३७ बर्षिय राजकुमार बस्नेत, उनका श्रीमती ३० बर्षिया सरिता बस्नेत र १२ बर्षिय छोरा सुजन बस्नेतको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।

हत्या लगत्तै फरार रहेका आरोपित ४० बर्षिय नरबहादुर बस्नेतलाई प्रहरीले सोही नगरपालिका वडा नं ६ बरबोटेबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी राकेस पोदारले जानकारी दिए ।

आरोपितले राजकुमारलाई खेतिमा जाँदै गरेको अबस्थामा चौवाटे कुलो र आमा छोरालाई स्थानिय बबिङ खोलामा खुकुरी प्रहार गरि हत्या गरेको उनले बताए । घटना किन र कसरी भयो भन्ने कारण बारे केही खुलेको छैन । घटना स्थल तर्फ प्रहरी निरीक्षकको नेतृत्वमा टोलि भर्खरै गएकोले थप विवरण आउन बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्