एजेन्सी । अफगानिस्तानको पश्चिमी हेरात प्रान्तको राजधानी हेरात शहरमा रहेको मस्जिदमा शुक्रबार भएको विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
‘हेरात शहरको गाजर गाह मस्जिद बाहिर आज भएको विस्फोटमा प्रमुख धर्मगुरु मौलवी मुजिब रहमान अन्सारी र उनका भाइ हबिब रहमान अन्सारी सहित १८ व्यक्तिको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएको’, प्रान्तीय प्रशासनका प्रवक्ता मौलावी हमिदुल्लाह मतवाकिलले पत्रकारहरूलाई बताएका छन् ।
विस्फोटको जिम्मेवारी हालसम्म कुनै समूह वा व्यक्तिले लिएको छैन । रसौलीले सो आक्रमणमा “शत्रुहरू” को हात रहेको बताए पनि कुनै विशेष समूहको नाम भने उल्लेख गरेका छैनन् ।