Logo
Logo

राष्ट्रियसभाबाट नागरिकता विधेयक हुबहु पारित


1.7k
Shares

काठमाडौं । नागरिकता विधेयक राष्ट्रिय सभाबाट पनि हुबहु पारित भएको छ ।

राष्ट्रपतिबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको विधेयक राष्ट्रिय सभाबाट पनि हुबहु पारित भएको हो ।

२ भदौमा प्रतिनिधिसभाबाट हुबहु पारित भएर आएको सो विधेयक राष्ट्रिय सभाले पनि शुक्रबार हुबहु पारित गरेको हो । अब यो विधेयक फेरि प्रतिनिधिसभामा जान्छ ।

यो विधेयक प्रतिनिधिसभाबाट साउन ६ र राष्ट्रियसभाबाट १२ गते पारित भइ साउन १४ गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको थियो । तर, विधेयक प्रमाणीकरण नगरी २९ साउनमा राष्ट्रपति भण्डारीले संघीय संसद्समक्ष जानकारी, अध्ययन र विमर्शका लागि भन्दै सातवटा बुँदा र ध्यानाकर्षणका लागि आठ वटा बुँदामा सन्देशसहित विधेयक फिर्ता गरिदिए ।

प्रतिक्रिया दिनुहोस्