काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी)को आयोजना तथा सन इन्फोटेक लिमिटेडकको संयोजकत्वमा शुक्रबार झापाको दमकमा रहेको ढुकुरपानी माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमालयप्रसाद दाहालको सभापतित्वमा आयोजित कार्यक्रममा बैंकका नायव महाप्रबन्धक मुकुन्द सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
उनले एनसीसी बैंकको तर्फबाट हाल प्रदान भइ रहेको निक्षेप, कर्जालगायत अन्य सेवाहरूको बारेमा जानकारी दिँदै समग्र बैंकिङ क्षेत्रको बारेमा प्रकाश पारेका थिए । सोक्रममा उनले एनसीसी बैंकमा उपलब्ध भएका निक्षेप खाताका प्रकारहरू, व्याजदर, लगानीकर्तालाइ प्रदान गरिने लाभांश, कर्जाका प्रकारहरू, कर्जा लिनको लागि आवश्यक पर्ने योग्यताको बारेमा स्पष्ट पारेका थिए ।
यस्तै, कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा पूर्वप्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले श्रोत व्यक्तिको रुपमा आफ्नो प्रस्तुति दिने क्रममा बैंकिङ कारोबारको प्रयोग बढाउनुपर्ने र यसका लागि बचत परिचालनमा जोड दिएका थिए ।
साथै, व्यवसाय गर्न समुचित रूपमा कर्जा लिने र कर्जाको सदुपयोग हुनुपर्ने तथा फजुल खर्चमा नियन्त्रण गर्न आवश्य रहेको उनको भनाइ छ ।
कार्यक्रममा उक्त विद्यालयका प्रधानाध्यापक कृष्ण भण्डारीलगायत शिक्षक, विद्यार्थी, अभिभावकका साथै दमक बहुमुखी क्याम्पसका अध्यक्ष देवी प्रसाद दाहाल, दमक चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र कुमार ढकालको उपस्थिति रहेको थियो ।
देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको बैकले उल्लेख गर्ने गरेको छ ।
एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको बैकले दावी गर्दै आएको छ ।