Logo
Logo

हुम्लामा सिडिओको सिफारिसविना चामल नपाइने


2.5k
Shares

सुर्खेत । प्रर्याप्त खाद्यान्न नहुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्लाले खाद्यान्न बिक्री बन्द गरेको छ ।

अति आवश्यक काममा प्रमुख जिल्ला अधिकारीको सिफारिसबाहेक अन्य नियमित गरिने बिक्री वितरण अर्का सूचना नहुँदासम्मका लागि स्थगित गरिएको निमित्त शाखा प्रमुख नवीनप्रसाद आचार्यले बताए ।

जिल्लाभरि रहेका डिपो र बिक्री केन्द्रमा चामल सकिएको र सिमकोट शाखामा मौज्दात कम भएपछि जिल्लाभरि बिक्री वितरण बन्द गरिएको हो । ठेकेदारले सबै चामल ढुवानी नगर्दा चामल खाद्यान्न आपूर्तिमा समस्या देखिएको हो।

सिमकोट डिपोका लागि गत आर्थिक वर्षको थप चार हजार र ढुवानी हुनु बाँकी ६ सय क्विन्टल पर्ने चार हजार पाँच सय क्विन्टल चामल समयमा ढुवानी हुन नसक्दा यो समस्या आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाका निमित्त प्रमुख आचार्यले बताए ।

चालु आर्थिक वर्षमा कम्पनीको सिमकोट शाखाका लागि स्थलमार्गबाट चार हजार र हवाईमार्गबाट १० हजार क्विन्टल गरी १४ हजार क्विन्टल स्वीकृत भएको छ । अघिल्लो वर्षको ढुवानी हुन बाँकी चार हजार ६ सय क्विन्टल चामलमध्ये ६ सय क्विन्टल ढुवानीको समिट एयरले असारमै जिम्मा लिएको भए पनि अहिलेसम्म ढुवानी गरेको छैन ।

गत वर्ष नेपालगन्जबाट २ हजार र सुर्खेतबाट दुई हजार क्वीन्टल चामल थप भए पनि नेपालगन्जबाट एकएक हजार र सुर्खेतबाट एकएक हजार गरी दुई/दुई हजार क्विन्टल चामल ढुवानी गर्ने जिम्मा समिट एयर र सीता एयर बिक्री भइसकेको र चालु आर्थिक वर्षको चामल ढुवानीलाई दिएको भएपनि सीता एयरले नेपालगन्जबाट एक हजार क्विन्टल ढुवानी जिम्मा लिएर एक सय क्विन्टल मात्र ढुवानी गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्लाले जनाएको छ ।

बाँकी नौ सय नेपालगन्जबाट र एक हजार सुर्खेतबाट गरी एक हजार नौ सय क्विन्टल र समिट एयरले पुरानो, ६ सय नेपालगन्जबाट एक हजार र सुर्खेतबाट एक हजार गरी दुई हजार ६ सय क्विन्टल चामल अहिलेसम्म ढुवानी नहुँदा यो समस्या आएको खाद्य व्यापार कम्पनी हुम्लाले जनाएको छ ।

वर्षाका कारण समयमा ढुवानी गर्न नसकेको र हिमाली जिल्ला भएकाले बिहान मौसम नखुल्ने र दिउँसो हावा चल्ने भएकाले ढुवानीमा समस्या भएको एयरलायन्सहरुको भनाइ छ । मौसम खुल्ने बित्तिकै ढुवानीको काम सुरु गर्ने एयरलाइयन्सहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्