Logo
Logo

कार्यकर्तालाई ओलीको निर्देशन- चुनावमा धाँधली भए प्रतिवाद गर्नुस्


1.3k
Shares

सुनसरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

शनिबार सुनसरीको दुहवीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले गठबन्धन सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने बताए ।

सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले नेता भगवती चौधरीको प्रशंग कोट्याउँदै उनले चुनावमा धाँधली भए त्यसको प्रतिवादमा उत्रिन तयार रहनुपर्ने बताए ।

यसअघि दुई पटकसम्म नेकपा एमालेले जितेको उक्त क्षेत्र प्रहरी प्रशासन लगाएर, राज्य शक्तिको दुरुपयोग गरेर र बाकस साटेर हार घोषणा गराइएको उनले दाबी गरे ।

‘यसभन्दा अगाडि दुईपटक भगवती चौधरीले जितेको क्षेत्र हो यो क्षेत्रमा’ उनले भने, ‘तर हार घोषणा गराइएको छ । प्रहरी प्रशासन लगाएर राज्य शक्तिको दुरुपयोग गरेर, बाकस साटेर हार घोषणा गराइएको छ, म हाम्रा प्रशासन, प्रहरीका अधिकृत र सबै तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु ।’

उनले बुथ कब्जा गर्न खोज्नेलाई आफ्नो मतको र जनताको अभिमतको रक्षा गर्न तयार हुन निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्