Logo
Logo

माधवलाई नेम्वाङले भने- जनताले अस्वीकार गरिसके, एमाले फर्किनुहोस्


2.6k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई एमालेमा फर्कन आग्रह गरेका छन् ।

नेम्वाङले एकीकृत समाजवादीलाई जनताले अस्वीकार गरिसकेको भन्दै एमालेमै फर्किन आग्रह गरे । एमाले सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै उनले यस्तो बताए ।

नेम्वाङले एमालेबाट २० प्रतिशत सिट लिएर पार्टी फुटाएका माधव नेपालले गठबन्धनको सहारा लिएर पनि स्थानीय चुनावमा ४ प्रतिशत मत पनि कटाउन नसकेको बताए।

‘जनताले अदालतले उहाँहरूको अस्तित्वलाई अस्वीकार गर्‍यो । त्यसैले म विनम्रतापूर्वक र दृढतापूर्वक भन्छु, नेकपा एमालेमा फर्केर आउनुस्’, उनले भने, ‘उल्टै केही सिटमा मात्रै लडेकाले यति मत आएको, देशभरी ढ्वाङ थापेको भए २५ प्रतिशत मत आउँथ्यो रे ? के भन्ने ? कुनि के गर्नेलाई भन्दा के गर्नेलाई लाज भन्छ नि !’

प्रतिक्रिया दिनुहोस्