Logo
Logo

 ​​​​२३ सिट जितेको कांग्रेसले सय दाबी गर्यो : माधव नेपाल


14.7k
Shares

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ २० लाख मत प्राप्त गर्ने बताएका छन् ।

मोरङको विराटनगरमा आयोजित पेशागत महासंघको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले आफ्नो पार्टीको पक्षमा बलियो जनमत बन्दै गएकाले आगामी निर्वाचनमा २० लाख मत प्राप्त गर्ने दाबी गरेका हुन् । 

अध्यक्ष नेपालले समानुपातिकतर्फ २० लाख मत ल्याए २० देखि २५ सिट आउने बताएका हुन् । उने भने– ‘समानुपातिकतर्फ ११० सिट मध्ये २० लाख मत ल्याए २० देखि २५ सिट सुरक्षित हुन्छ । यस आधारमा हामी २० देखि २५ सिट सुरक्षित गर्छौ ।’

अध्यक्ष नेपालले गठबन्धन नेतृत्व दल नेपाली कांग्रेसको दाबीप्रति असहमति जनाएको छ । २०७४ सालमा २३ सिट जितेको कांग्रेसले १ सय सिट दाबी गर्नु अहंकार भएको अध्यक्ष नेपालको भनाइ रहेको छ । 

अध्यक्ष नेपालले भने– ‘कांग्रेसमा अहंकार देखियो । सय सिट चाहियो भनिरहेको छ । उब्रेको सिट तिमीहरू बाँड भन्छ । हामीले उसलाई भनेका छौं– तिमीहरूले आफ्नो हैसियतभन्दा बढी माग्ने आँट नगर । ०७४ सालमा कांग्रेसले जितेको जम्मा २३ सिट हो । त्यसको तीन गुणा कांग्रेसले लिँदा हुन्छ । हामी ७० भनिरहेका छौं । उ सय भनिरहेको छ ।’रू

अध्यक्ष नेपालले गठबन्धनको फिट बाँडफाँड चित्त बुझ्दो नभए एक्लै निर्वाचन लड्ने समेत बताएका छन् । एक्लै पनि निर्वाचन लड्नुपर्ने हुनसक्ने भन्दै नेपालले नेता कार्यकर्तालाई भने– ‘भएन भनेपनि एक्लै लड्न आँट गर्नुपर्दछ । सबै आ–आफ्नो ठाउँबाट लाग्नुहोस्, अहिले हाम्रो पार्टी चौथो स्थानमा छ । आगामी निर्वाचनबाट पनि त्यो सिट कायम राख्नुपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्