Logo
Logo

पाकिस्तानीमाथि भारतीय निगरानी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २३ साउन । भारतीय उप–महाद्धीपमा हालै बरामद गरिएको ११ सय केजीभन्दा बढी हेरोइन अनुसन्धान निकायहरुका लागि टाउ दुखाइको बिषय बनेको छ ।
बरामद गरिएको हेरोइनका मुल अफगानिस्तान भएको आशंका गरिएको छ । हेरोइनको विश्वव्यापी वितरणका लागि परम्परागत रुपमा बाल्कन, मध्य एसिया र भारतीय उप–महाद्धिप गरी तीन वटा बाटोको प्रयोग गरिन्छ ।
एक सुरक्षा निकायका अनुसार सन् २०१५ देखि बाल्कन र मध्य एसियाका बाटो प्रयोग गरी लागुऔषध ओसार–पसार कम गरिएको छ । तर, यसको विपरीत भारतीय उप–महाद्धीपमा भने लागुऔषधको ओसार–पसारमा बृद्धि भएको छ ।
एक तट रक्षकले गुजरात आउने अल–मद्दिना नामक पाकिस्तानी जहाजबाट २०७६ जेठ ७ गते २ सय किलो हेरोइन भेटाएका थिए । त्यसमा चार पाकिस्तानी नागरिक गिरफ्तार गरिएका थिए । यसअघि २०७६ बैशाख २३ गते माल्दिभ्ममा पनि ठूलो मात्रामा नारकोटिक्स बोकको एक इरानी जहाजलाई प्रक्राउ गरिएको थियो । जहाजका सात जनालाई गिरफ्तार गरिएको थियो ।
एक अर्को घटनामा गुजरात प्रतिआंकतबाद टोलीले तट रक्षकहरुसँग मिलेर पोरवन्दरमा १ सय केजीभन्दा बढी हेरोइन बोकेको इरानी जहाज प्रक्राउ गरेको थियो भने नौ जना इरानीहरुलाई गिरफ्तार गरेको थियो ।
अनुसन्धानबाट उक्त हेरोइन पाकिस्तानी नागरिक हमिद मलेकले ग्वादर वन्दरगाहमा लोड गरि पढाएको पाइएको थियो । प्रतिआंतकवाद टोलीले उक्त घटनामा संलग्नता रहेका दिल्लीको लाजपत नगर बस्ने एक जना अफगानी नागरिक र केरला बस्ने एकजना अन्यलाई पनि गिरफ्तार गरेको थियो ।
२०७५ चैत १० गते श्रींलकाले पनि एक इरानी जहाजबाट १०७ किलोभन्दा बढी मात्रा हेरोइन समातेको थियो । यसरी उप–महाद्धिपका भूमिहरुमा धमाधम लागुऔषधहरु प्रक्राउ हुनुमा पाकिस्तानी सिन्डिकेटको भूमिका रहेको अधिकारीहरु बताउँदै आएका छन ।
एक घटना यस्तो छ, जहाँ जेठ महिनामा अटारीस्थित एकीकृत जाँज चौकीमा ५ सय ३२ किलो हेरोइन र ५२ किलो अन्य किसीमको लागुऔषध जफ्त गरिएको थियो । लागुऔषध तस्करीका मूख्य नायक तारिक अहमद लोन लागुऔषध आयातकर्ता गुरपिन्दर सिंहसँगै जम्मु कश्मिरको कुपवारामा प्रक्राउ परेका थिए ।
लागुऔषध बोकेको जहाज ग्लोबल भिजन इम्पेक्सको नाममा बुक गरिएको थियो जुनकी पाकिस्तानी आइएसआइको लाहौरस्थित एक संस्था हो । भारत सरकारले हतियार र लागुऔषधको तस्करी रोक्नका लागि जम्मु कश्मिरमार्फत सिमा वारपारको व्यापार बन्द गर्ने निर्णय गरेको केही महिनापछि मात्र जम्मु कश्मिरबाट त्यति ठुलो परिमाणमा लागुऔषध जफत भएको हो । धेरै जसो घटनामा लागुऔषधको व्यापारबाट उठने रकम आंतकवादका लागि प्रयोग गर्ने गरिएको जानकारहरु बताउँछन ।
विमुद्रीकरणपछि ठूलो मात्रामा पाकिस्तानमा प्रकाशित नक्कली भारतीय नोट भेटिएको छैन । त्यसकारण आइएसआइले आतंकवादीका लागि पैसा जुटाउन लागुऔषध तस्करीको बाटो अख्तियार गरेको अधिकारीहरुको आशंका छ । विमुद्रीकरणपछि पहिलोपटक ठुलो मात्रामा ७ करोड नक्कली भारतीय नोट काठमाडौंमा जफत गरिएको थियो ।
भारतीय सुरक्षा निकायहरुले दाउद इब्राहिमका निकट सहयोगी संसारभरी चिनिएका नामुद आंतकवादी जबिर मोतीलाई लागुऔषध र नक्कली नोटको तस्करीका लागि निगरानीमा राखेको छ । लन्डनको जेलमा कैद भोगिरहेका रहेका मोतीलाई यसअधि नै अमेरिकाले आफ्नो भूमिबाट निष्कासित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्