Logo
Logo

मोरङमा सुधार केन्द्रबाट एकैपटक १३ जना फरार


1.2k
Shares

विराटनगर । मोरङको उर्लाबारीस्थित जीवन बचाउ उपचार सेवा गृह नामक सुधार केन्द्रबाट दुर्व्यसनी फरार भएका छन् ।

सुधार केन्द्रमा रहेका ३२ जनामध्ये १३ जना शनिबार साँझ फरार भएको प्रहरीले जनाएको छ । केन्द्रका इन्चार्ज रवीन्द्रप्रसाद दाहालका अनुसार साँझ खाना खाने तयारी हुँदै गर्दा सुरक्षागार्डलाई कब्जामा लिएर दुर्व्यसनी फरार बनेका हुन् ।

उनीहरू केन्द्रको ताला फोडेर भागेको उनले बताए । एकैपटक ठूलो संख्यामा दुर्व्यसनी फरार बनेपछि सुधार केन्द्रको सुरक्षालाई लिएर प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस्