Logo
Logo

गठबन्धनका शीर्ष नेता र कार्यदलका सदस्यहरुको संयुक्त बैठक बस्दै


1.1k
Shares

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे छलफललाई तिव्रता दिइएको छ । यसैक्रममा आज पनि गठबन्धनको बैठक बस्दैछ ।

आइतबार दिउँसो ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । आज गठबन्धनका शीर्ष तहका नेतासहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक बस्न लागेको एक नेताले बताए । आज बस्ने बैठक पनि सिट भागबण्डामै केन्द्रीत हुने बताइएको छ । यसअघि बिहीबार बसेको बैठकमा सिट भागबण्डामा सहमति जुट्न नसकेपछि आज पुनः छलफलका लागि नेताहरुलाई बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्