Logo
Logo

६ सय रूपैयाँले बढ्यो सुनको भाउ


441
Shares

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल आज ६ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

आज तेजाबी सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । गत साताको शुक्रबार तोलामा ११ सय पाँच रुपैयाँ रहेको चाँदी आज पाँच रुपैयाँले बढेको हो । यससँगै आज प्रतितोला ११ सय १० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्