Logo
Logo

‘सिट बाँडफाँटको टुंगो अबको दुई दिनमा’


3.7k
Shares

काठमाडौं । सत्ता गठबन्धनको कार्यदल बैठकले दुई दिनभित्र सिट बाँडफाँटको टुंगो लगाउने भएको छ ।

आइतबार बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँडबारे छलफल भएपनि निष्कर्षमा नपुगेको माओबादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए । सोमबार र मंगलबार बस्ने कार्यदलको बैठकले टुंगो लगाउने महासचिव गुरुङले बताए ।

बैठकपछि महासचिव गुरुङले भने, ‘भोलि १ बजे हाम्रो कार्यदलको बैठक छ । कार्यदलले लगातार बैठक बसेर सहमतिपूर्ण निर्णयमा पुग्छ र त्यो निर्णय शीर्ष नेतालाई पेस गर्छौं ।’

सिट बाँडफाँट न्यायोचित, सम्मानजनक र सबैले जितेको महसुस हुने गरी निर्णयमा पुग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्