Logo
Logo

महासचिव गुरूङ लमजुङबाट सिफारिस


2k
Shares

लमजुङ । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ लमजुङबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन्।

माओवादी जिल्ला समन्वय समिति लमजुङको आइतबार बसेको दोस्रो पूर्ण बैठकले महासचिव गुरुङको नाम सिफारिस गरेको हो।

साथै स्थायी कमिटी सदस्य देवेन्द्र पराजुलीको नाम पनि उम्मेदवारमा सिफारिस भएको छ। महासचिव गुरुङ २०७४ को निर्वाचनमा पनि लमजुङबाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनको घर भने मनाङको नासों गाउँपालिका-४, ओडार गाउँ हो।

समानुपातिकमा केन्द्रीय सदस्य मधु अधिकारी गुरुङ, ऋषिराम पौडेल र उर्मिला माझीको नाम सिफारिस भएको छ।
प्रदेशसभा (क) को प्रत्यक्षतर्फ अधिकारी गुरुङ, मेखबहादुर भण्डारी, हरिजङ तामाङ र होमबहादुर विकको नाम सिफारिस भएको छ।

प्रदेश (ख) मा केन्द्रीय सदस्य विमल अधिकारी र जिल्ला सचिव रामचन्द्र पौडेलको नाम सिफारिस भएको छ।

प्रतिक्रिया दिनुहोस्