काठमाडौं । गृह मन्त्रालयले केही सहसचिव र केही उपसचिवको सरुवा गरेको छ । सरुवाअनुसार कारागार व्यवस्थापन विभागको महानिर्देशकमा गृह मन्त्रालयमा कार्यरत सहसचिव चक्रपाणि पाण्डेलाई पठाइएको छ । विभागको महानिर्देशक रहेका बासुदेव घिमिरेलाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुखमा सरुवा गरिएको छ ।
अध्यागमन प्रमुख रहेका पुष्पराज शाही बैदेशिक अध्ययनमा चीन जान लागेकालाई उनलाई त्यहाँबाट सरुवा गरिएको मन्त्रालयले जनाएको छ । कारागारमा बसेर अकुत कमाएका घिमिरे भिजिट भिसामा सेटिङ मिलाउन त्यहाँ गएको स्रोत बताउँछ।
त्यस्तै, तेह्रथुमका सिडिओ पनि फेरिएका छन् । जहाँ उपसचिव मोहन प्रसाद अर्याललाई पठाइएको छ । अर्याल इलाका प्रशासन कार्यालय सिमरामा कार्यरत थिए । तेह्रथुममा कार्यरत अनोज घिमिरेलाई मन्त्रालयमा सरुवा गरिएको छ ।