विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । मुख्यमन्त्री राईको आमा धनकुमारी राईको सोमबार बिहान विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा निधन भएको मुख्यमन्त्री राईको सचिवालयले जनाएको छ ।
भोजपुरको षडानन्द नगरपालिका निवासी राईकी ८४ वर्षीया आमा धनकुमारीको स्वास्थ्य समस्या देखिएपछि केही दिनअघि हेलिकप्टरबाट उपचारको लागि बिराटनगर ल्याइएको थियो ।
मुख्यमन्त्रीको सचिवालयका अनुसार राईको पार्थिव शरीर मोरङ सहकारी अस्पतालमा श्रद्धाञ्जलीका लागि केही समय राखिने र आजै अन्तिम संस्कारका भोजपुर लैजाने तयारी गरिएको छ ।