Logo
Logo

काभ्रेको भुम्लुमा फैलियो रेबिज, गाउँनै जोखिममा


क्षीतिज सरगम

17.3k
Shares

काभ्रे । काभ्रेको भुम्लु गाउँपालिकामा रेबिजकाे प्रकाेप फैलिएको छ ।

पछिल्लो १ महिनामा ५० भन्दा धेरै पशु चौपायाको निधन भएपछि गाउँ नै जोखिममा परेको स्थानीय दावा लामाले बताए । सापिङ, कात्तिके, आरनगाउँ, भारतीगाउँ, गैराटोल, बोक्से, खोलमबारीमा रेबिज फैलिएको हो ।

सापिङको कात्तिके गाउाबाट भुम्लुवेंशीमा लगेको राँगो पनि रेविजकै कारण मरेको थियो । त्यसपछि १ नं वटा सापिङ, ७ नं वडा फलाटे र ८ नं वडा भुम्लुटार पनि रेबिज संक्रमित क्षेत्र भएको छ । स्वास्थ्य कार्यालय काभ्रे, गाउँपालिका र पशु स्वास्थ्य कार्यालयले रोकथामका प्रयास गरे पनि सकेका छैनन् ।

दावाका अनुसार केही समयअघि गाउँमा स्थानीयले मरेको भैंसीको मासु खाएका थिए । भैसीको मासु खानेमध्ये १९ परिवारका ५१ जना सहित २ सय ८९ जनालाई रेबिज विरुद्धको खोप लगाईएको स्वास्थ्य शाखा प्रमुख सुर्दशन भट्टराईले बताए । भाद्र १६ गते भुम्लुबेशीमा मरेको राँगामा रेविज पुष्टी भएको थियो ।

‘हर्कजित तामाङ, भक्तबहादुर लामा र शान्ति लामाको १–१ वटा भैसी मरे । मेरो पनि घरमा पालेको कुकुर र राँगोलाई रेबिज लागेको कुकुरले टोक्यो । खोप लगाएँ,’ सापिङ कात्तिकेका दावा लामा भन्छन्, ‘र्याल काढेर हिँडिरहेका कुकुरहरू जताततै छन् । बाहिर निस्कनै डरमर्दो छ ।’

कात्तिकेमा जफरबहादुर तामाङ र कृष्णबहादुर बम्जनका कुकुर मरेका छन् । त्यहाँ गाई, भैसी, बाख्रा पनि मरेका छन् ।
आरनगाउँ, भारति गाउँ, गैराटोलमा रेबिजबाट धेरै पशुपंक्षी मरेको स्थानीय रामचन्द्र गिरीले बताए । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाईले रेबिजको रोकथाम थालिएको बताए ।

‘रेबिजको परिक्षण र रोकथाम थालेका छौं,’ उनले भने, ‘भुम्लुमा रेबिजको आतंक फैलिएको छ, जनचेतना फैलाउने काममा पनि सहयोग चाहिएको छ ।’

प्रतिक्रिया दिनुहोस्