Logo
Logo

त्रिशूलीमा बस खस्दा तीनको मृत्यु, १२ घाइते, २५ बेपत्ता


- दृष्टि न्युज/संवाददाता

0
Shares

धादिङ, २४ साउन । सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना६ख ७४६९ नम्बरको यात्रुवाहक बस आज बिहान ३ बजे त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको भएको छ । दुर्घटनामा २५ जना हराइरहेको र १२ जना गम्भीर घाइते भएका छन् ।

फाइल तस्बिर

घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताउनुभयो । उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रसकर्मीहरू लागिरहेका छन् । मृतक तीन जना र हराइरहेकाको पहिचान खुल्न सकेको छैन ।  (रासस)

प्रतिक्रिया दिनुहोस्