Logo
Logo

गोदावरीमा सहकारीबारे समीक्षा


252
Shares

ललितपुर, गोदावरी । गोदावरी नगरपालिका र उद्योग तथा सहकारी शाखा व्रजबाराही ललितपुरको आयोजनामा यहाँ समीक्षा गोष्ठी सम्पन्न भएको छ ।

सहकारी संस्थाका लागि विनियोजित कार्यक्रमको आर्थिक वर्ष २०७८÷७९ को लागि तोकिएको कार्यक्रमअन्तर्गत नगरपालिकाले हालै सो गोष्ठी गरेको हो ।

एकदिने गोष्ठीमा गोदावरी नगरपालिकाभित्रका एक सय २८ ऋण सहकारी संस्थाका ८० जना सहकारी सञ्चालक सहभागी भएका थिए । सहभागीलाई सहकारी सञ्चालन कार्यविधि, कार्यक्रम, लेखा प्रणाली, संस्थागत क्षमता अभिवृद्धि जस्ता विषयमा प्रशिक्षण दिइएको थियो । नगरपालिकाभित्रका एक सय सहकारी संस्था सक्रिय र २८ वटा निष्क्रिय रहेको सो प्रशिक्षक ऋषिराम अधिकारीले जानकारी दिए ।

नेपालमा ऋण तथा बचत, बहुद्देश्यीय, उत्पादन, कृषि र कृषि बचत तथा ऋण सहकारी संस्था कार्यरत छन् । सो कार्यक्रमका सहभागीले नाफामूलकसहितको आयआर्जन गर्ने सहकारी सफल हुने गरेको धारणा व्यक्त गरेका थिए । प्रशिक्षक ऋषिराम अधिकारीले सहभागीलाई सहकारीका विभिन्न विषयमा सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्