Logo
Logo

सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न गृहमन्त्री खाणको निर्देशन


20.5k
Shares


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहाइ गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले सोमबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पु¥याएर सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएका हुन् ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई दुव्र्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भिएफएसका सुरक्षा गार्ड गुरूङलाई प्रहरीले आइतबारबाट हिरासतमा राखेको थियो । उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा चलेको छ । जून घटनाको सर्वत्र विरोध भइरहेको छ ।

पर्यटनमन्त्री श्रेष्ठले पनि बिज्ञप्ती निकाली उनलाई रिहा गरिदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्