Logo
Logo

स्वदेशी उत्पादनलाई बढावा दिनुपर्छ : आपूर्तिमन्त्री


252
Shares

गोदावरी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देशलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनलाई बढावा दिनुपर्ने बताएका छन् ।

नेपाल इँटा उद्योग महासङ्घको १४औँ वार्षिक साधरणसभाको सोमबार धनगढीमा उद्घाटन गर्दै उनले देशलाई आत्मनिर्भर बनाउन सरकारले आयात बढाउने र निर्यात घटाउने नीति लिएको बताए ।

उनले बन्द रहेका उद्योग सञ्चालन गर्न सरकारले पहल गरिरहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताए ।

मन्त्री बडूले इँटा उद्योगी व्यवसायीले देशको विकास र अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको बताए । इँटा उद्योगी व्यवसायीका समस्या समाधानका लागि सरकार गम्भीर रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्