Logo
Logo

पक्राउ परेका सुरक्षा गार्ड थुनामुक्त


5.3k
Shares

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठको दबाबमा शुक्रबार पक्राउ परेका सुरक्षा गार्ड शेरजंग गुरुङ रिहा भएका छन् ।

गुरुङलाई आवश्यक प्रक्रिया पूरा गरी रिहा गरिएको प्रहरीले जनाएको छ । उनलाई साधारण तारेखमा रिहा गरिएको हो । गुरुङबारे प्रहरीबाट आएको फाइल अध्ययनपछि आवश्यक प्रक्रिया पूरा गरेर साधारण तारेखमा रिहा गरिएको हो ।

गुरुङसँग प्रशासनले केहीबेर बयान लिएपछि प्रमुख जिल्ला अधिकारीको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । शुक्रबार पक्राउ परेका गुरुङलाई हिरासतमा राख्न प्रहरीले ५ दिनको अनुमति लिएको थियो ।

शुक्रबार मन्त्री श्रेष्ठ ठमेलस्थित छाया सेन्टरमा श्रीमतीलाई लिएर दलबलसहित पुगेका थिए । त्यसक्रममा सुरक्षागार्ड गुरुङले उनीहरुलाई लाइनमा आउन भनेका थिए । तर मन्त्री श्रेष्ठले आफू मन्त्री भएको बताउँदै अगाडि जान खोजेका थिए । सुरक्षागार्डले रोकेपछि त्यहाँ विवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्