Logo
Logo

सिट बाँडफाँट कार्यदलले आज प्रतिवेदन बुझाउने


1.4k
Shares

काठमाडौं । सत्ता गठबन्धन दलको सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ । सोमबार बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज पुनः बस्न लागेको हो।

आजको बैठकले सिट बाँडफाँट अन्तिम टुंगो लगाउने र प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउने कार्यदलको तयारी छ । सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार हिजोको बैठकमा १६५ वटै निर्वाचन क्षेत्रमा दलहरूको अवस्थाबारे छलफल भएको थियो ।

‘शीर्ष तहबाट जुन जिम्मेवारी कार्यदललाई दिइएको छ, त्यसअनुसार हामीले सरसरती १६५ निर्वाचन क्षेत्रमा कसको के पोजिसन छ, त्यसबारे छलफल गरेका छौँ। मंगलबार फेरि हामी त्यो छलफललाई निरन्तरता दिँदै बैठक बस्छौँ,’ सोमबारको बैठकपछि कार्कीले भनेका छन्, ‘हामीलाई दिएको जिम्मेवारी छ, त्यो जिम्मेवारीलाई पूर्ण वहन गरेर नेतृत्वलाई प्रतिवेदन बुझाउने सहमतिका साथ आज उठेका छौँ। १६५ सिटमा नै आज मुलरूपमा गृहकार्य भयो।’

संघ र प्रदेशको खाकासहित सिट संख्यामा सहमति जुटाएर आजै प्रतिवेदन तयार पारिने प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्